कला/मनोरञ्जन

भारतीय अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

हिमालय टिभी
२०७७ जेठ ३२ गते १५:०९
भारतीय अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

३२ जेठ, २०७७ नयाँ दिल्ली । भारतीय अभिनेता सुशान्त सिंह‌ राजपुतले आत्महत्या गरेका छन् ।

उनले मुम्बईको बान्द्रास्थित घरमै झुण्डिएर आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

टीभी सिरियलबाट करिअर शुरु गरेका राजपुतले एमएस धोनी : द अन टोल्ड स्टोरी, काई पो चे, शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, केदारनाथ छिछोरे जस्ता चलचित्रमा मुख्य भूमिका निभाएका थिए ।

दश दिनअघि उनले इन्स्टाग्राममा आमासँग खिचेको तस्वीर पोस्ट गरेका थिए ।

सुशान्तको जन्म भारतीय राज्य बिहारको पटनामा २१ जनवरी १९८६ मा भएको हो । उनी बिहारको पूर्णिया जिल्ला निवासी हुन् । उनका पिता पूर्णियामा किसानी पेसामा छन् । उनको आत्महत्याको कारण भने खुलेको छैन ।

दश दिनअघि उनले इन्स्टाग्राममा आमासँग खिचेको तस्वीर पोस्ट गरेका थिए ।

सुशान्तको जन्म भारतीय राज्य बिहारको पटनामा २१ जनवरी १९८६ मा भएको हो । उनी बिहारको पूर्णिया जिल्ला निवासी हुन् । उनका पिता पूर्णियामा किसानी पेसामा छन् ।

उनका एक जना काका नीरज कुमार बब्लु बिहारमा बीजेपीका विधायक छन् । उनले इन्जिनियरिङ अध्ययन गरे पनि अभिनय क्षेत्रमा करिअर रोजेका थिए । सुरुमा ब्याकअप डान्सरका रुपमा काम गरेका उनले ‘किस देशमा है मेरा दिल’ नामक टेलिचलचित्रबाट अभिनययात्रा शुरु गरेका थिए ।

सुरुमा उनी पवित्र रिश्ताकी को–स्टार अंकिता लोखाण्डेसँगको रिलेशनशीपमा थिए । तर पछि उनीहरुको ब्रेकअप भएको समाचार सार्वजनिक भएको थियो । सुशान्तको करिअरले गति लिएपछि उनीहरुबीचको सम्बन्ध टुटेको अनुमान गरिएको छ।

स्मरणरहोस् केही दिन पहिला मात्र सुशान्तकी पूर्व म्यानेजर रहिसकेकी दिशा सालियनको पनि एउटा भवनबाट खसेर मृत्यु भएको थियो । सुरुमा यसलाई पनि आत्महत्या भनिए पनि पनि उनी नशाको अवस्थामा रहेको बताइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *