आर्थिक

अर्थमन्त्री खतिवडाले संसदमा भने–अहिलेको राजश्व संकलनले दैनिक खर्च धान्न गाह्रो छ

हिमालय टिभी
२०७७ जेठ ३२ गते १४:१९
अर्थमन्त्री खतिवडाले संसदमा भने–अहिलेको राजश्व संकलनले दैनिक खर्च धान्न गाह्रो छ

३२ जेठ, २०७७ काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब मात्रै संकलन हुने गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेकोसमेत स्पाष्ट पार्नुभयो । कडा लक डाउनका कारण बैशाख र जेठ महिनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायिक वातावरण खुला भएकाले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले बैकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अप्ठ्यारोमा पर्ने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसाय सुचारु गरिने बताउनुभयो । संसदमा सबै दलहरु मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै उहाँले यसका लागि पनि सबै दलहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले संसदमा पेश गर्नुभएको आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक बहुमतले पारित भएको हो ।

यता सांसदहरुले भने आर्थिक विधेयकले उद्योगी र व्यापारीले अर्बौ छुट पाउने र गरिब मजदुर किसानहरु महंगीमा पर्ने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *