विदेश

अमेरिकामा कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो

हिमालय टिभी
२०७७ जेठ ३२ गते १२:१९
अमेरिकामा कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो

३२ जेठ, २०७७ काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ । पछिल्लो विवरण अनुसार अ‍ेरिकामा हालसम्म २१ लाख ४२ हजार पुगेको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ९११ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ ।

अमेरिकाका ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख १७ हजार ७२६ पुगेको हो । त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २५ हजार ५७६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या २१ लाख ४१ हजार ७८७ पुगेको छ ।

अमेरिका पछि ब्राजिलमा संक्रमतिको संख्या आठ लाख ५० हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा २० हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

ब्राजिलमा हालसम्म ४२ हजार ७ सय १९ जनाको ज्यान गएको छ । भारतमा एकै दिन १२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । भारतमा हालसम्म ९ हजार १ सय ९९ जनाको ज्यान गएको छ ।

विश्वभर हाल सम्म ७८ लाख ५० हजार भन्दा धेरै संक्रमित भेटिएका छन् भने हाल सम्म ४ लाख ३१ हजार भन्दा बढीको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *