वार्ताबाटै सम्भव छ नेपाली भूमि फिर्ता पाउन ? केके छन् उपाय ?

नेपाल र भारतबीच विभिन्न स्थानमा सीमा विवाद छ । कतिपय स्थानमा सामान्य छन् कतिपय स्थानमा गम्भीर प्रकृतिका विवाद छन् । भारतले एकतर्फी ढंगले सीमा अतिक्रमण गरिरहे पनि नेपाल मौन बस्दा कतिपय नेपाली भूमिमा भारतले भौतिक संरचनासमेत निर्माण गरेको छ । त्यसैमध्येको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि हो ।
ऐतिहासिक रुपमा नेपाली भूमिका रुपमा रहेको यो क्षेत्रलाई भारतले आफ्नो राजनीतिक नक्सामा मात्र समेटेको छैन, उक्त क्षेत्रमा भौतिक पूर्वाधारसमेत निर्माण गरेको छ। त्यसैले अहिले यो विषय निकै चर्चामा छ । भारतले उक्त क्षेत्रमा सडक निर्माण गरेसँगै नेपालले आफ्नो नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको छ । तर भूमि भने भारतीय अतिक्रमणमै छ । कसरी फिर्ता लिन सक्छ आफ्नो भूमि नेपालले ? अहिले बौद्धिक बहस चलिरहेको छ ।
यसै सन्दर्भमा विश्लेषक अरुणकुमार सुवेदी युद्धले मात्र सीमा निर्धारण नहुने भन्दै वार्ताबाटै कोशिस गर्नुपर्ने बताउनु हुन्छ । ब्याकडोर कुटनीति सुरु गर्नुपर्ने भन्दै उहाँले सफ्टपावरमार्फत् भारतलाई सहमत गराउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया