विदेश

विश्वमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च

हिमालय टिभी
२०७७ जेठ ३१ गते ७:५४
विश्वमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च

३१ जेठ, २०७७ काठमाडौं । विश्वमा एकै दिनमा कोरोना संक्रमितको संख्या अहिले सम्मकै उच्च देखिएको छ ।

विश्वमा एकै दिन एक लाख ४० हजार ३ सय ७२ जना संक्रमित थपिएका छन् । यो कोरोना सुरु भएदेखि हालसम्मकै सबैभन्दा बढी संख्या हो । विश्वमा संक्रमितको संख्या ७७ लाख २५ हजार ४ सय ७१ पुगेको छ ।

संक्रमितको संख्ल्लोया बढे पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ४ हजार ५ सय ९७ जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख २७ हजार ६ सय ८३ पुगेको छ ।

पछिल्लो समय मृत्युदर घटीरहेको ब्राजिलमा कोरोनाबाट थप ८ सय ४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २४ हजार दुई सय ५३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८ लाख २९ हजार ९०२ पुगेको छ ।

उता अमेरिकाकामा पनि मृतक र संक्रमितको संख्यामा केही कमी देखिएको छ । पछिल्लो २४ घण्टामा ७ सय ८५ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतक संख्या १ लाख १६ हजार ८१९ पुगेको छ । अमेरिकामा २६ हजार ७४१ जना नयाँ संक्रमित थपिएका छन् ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा मृतकको संख्या स्थिर देखिएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ८९ जनाको मृत्यु भएको छ । भारतमा पनि संक्रमण दर बढिरहेको छ । भारतमा थप ११ हजार ३२० जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म तीन लाख ९ हजार ६०३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये करिब ९ हजार जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोनाबाट विश्वभर हालसम्म ४ लाख २७ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने ७७ लाख २५ हजार ४७१ जना संक्रमित भएका छन् । विश्वका ३९ लाख १९ हजार ३ सय १२ जना कोरोनाको उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *