समाज

सरकारले दियो कारबाहीको चेतावनी, युवाहरु चुनौति दिँदै यसरी निस्किए सडकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ ३० गते १९:५३
सरकारले दियो कारबाहीको चेतावनी, युवाहरु चुनौति दिँदै यसरी निस्किए सडकमा (भिडियोसहित)

३० जेठ, २०७७ काठमाडौं । सरकारले कारवाही गर्ने चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै शुक्रबार पनि देशभर प्रदर्शन भएको छ । युवाहरुले कोरोनाविरुद्धको सरकारको काममाथि प्रश्न उठाउँदै प्रदर्शन गरेका हुन् । सरकारको चेतावनीका बावजुद प्रदर्शन घट्ने होइन, बढ्ने देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारसहित देशभर प्रदर्शन भएपछि बिहीबार बेलुकी गृहमन्त्रालयले विज्ञप्ति निकालेर कारवाही गर्ने चेतावनी दियो । मन्त्रालयले प्रष्ट भनेको थियो–लकडाउन उल्लंघन गरेर प्रदर्शन भए ६ महिना जेल हालिनेछ । तर शुक्रबार सरकारको कारवाहीको चेतावनीलाई चुनौती दिँदै युवा सडकमा निस्के । उनीहरुले सरकारलाई हाँक दिदै भने–कारवाही भोग्न तयार छौं ।

काठमाडौंमा बिहीबार बालुवाटार आसपासका चोकमा मात्र प्रदर्शनमा उत्रिएका उनीहरुले शुक्रबार भने काठमाडौंमा पनि ठाउँठाउँमा प्रदर्शन गरे । थानकोटदेखि भक्तपुरको सल्लाघारी चोकमा समेत प्रदर्शन भयो । बिहानदेखि बेलुकीसम्मै फरकफरक समयमा फरकफरक ठाउँमा प्रदर्शन भयो । बिहानै १० बजे बसन्तपुर दरबारस्वायरमा युवाहरुले भेला भएर धर्ना दिए ।

बसन्तपुरको प्रदर्शन शुरु भएकै समयमा भक्तपुरको सल्लाघारीमा पनि युवाहरु भेला भइसकेका थिए । रोगले भन्दा भोकले मर्ने अवस्था आएकाले सडकमा उत्रिन उनीहरु बाध्य भए ।

काठमाडौं उपत्यकाकै थानकोट कीर्तिपुर पेप्सीकोला सानेपालगायतका ठाउँमा पनि प्रदर्शन भएको छ ।

यो प्रदर्शन काठमाडौ बाहिरका शहरमा पनि फैलिएको छ । कारवाही गर्ने सरकारको चेतावनीलाई चुनौती दिँदै बुटवलमा पनि ठूलै जुलुश निस्क्यो । उनीहरुले कोरोना नियन्त्रण गर्न नसकेको, बेरोजगारी र भोकको समस्या समाधान गर्न नसकेको भन्दै सरकारविरुद्ध आक्रोश पोखे ।

यस्तै कपिलवस्तु र पाल्पामा पनि युवाहरु सरकारविरुद्ध सडकमा निस्के । सरकारको कामबाट उनीहरु सन्तुष्ट छैनन ।

सरकारविरुद्धको प्रदर्शन उल्लेखित ठाउँमा मात्रै सीमित छैन, ठाउँठाउँमा प्रदर्शन भएको छ र, यो घट्दो होइन बढ्दो क्रममा छ । र, यो समूह सरकारको कारवाही गर्ने चेतावनीलाई चुनौती दिँदै सडकमा निस्केको छ । सरकार र सरकार समर्थकले यी प्रदर्शनका बारेमा नानाथरि टिप्पणी गर्ने भन्दा समस्याको गाँठो कहाँनेर छ भनेर खोज्नु जरुरी छ । किनकी टिप्पणीले आत्मसन्तुष्टि त होला, विषय समस्या सम्बोधन हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *