विदेश

भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको चौथो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ जेठ ३० गते १७:२९
भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको चौथो स्थानमा उक्लियो

३० जेठ २०७७ नयाँ दिल्ली । भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको चौथो स्थानमा उक्लिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एघार हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ एकैदिन थप ३ सय ८८ जनाको ज्यान गएको छ । यो अहिलेसम्मकै ठुलो संख्या हो । भारतमा मृतकको संख्या आठ हजार पाँच सय एक पुगेको छ । यस्तै संक्रमितको संख्या पनि तीन लाख नजिक पुगेको छ ।

संक्रमितका आधारमा भारतभन्दा अघि रुस, ब्राजिल र अमेरिका छन् । रुसमा पछिल्लो पटक आठ हजार नौ सय ८७ जना संक्रमित थपिएका छन् । रुसमा कुल संक्रमितको संख्या पाँच लाख एघार हजार नाघेको छ । ६ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

यस्तै ब्राजिलमा कुल संक्रमितको संख्या आठ लाख भन्दा बढी भएको छ । त्यहाँ एकैदिन १३ सयले ज्यान गुमाएका छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या ४१ हजारभन्दा बढी पुगेको छ ।

अमेरिकामा अहिलेसम्म झण्डै २१ लाख संक्रमित पुगेका छन् । यस्तै एक लाख १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

मेक्सिकोमा पनि पछिल्लो पटक ४७ सयभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ मृतकको संख्या १६ हजार नजिक पुगेको छ । यस्तै पाकिस्तानमा पछिल्लो पटक ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ २४ सयभन्दा बढीको मृृत्यू भइसकेको छ ।

मेक्सिकोमा एक लाख ३३ हजार संक्रमित छन् भने पाकिस्तानमा एक लाख २५ हजारमा संक्रमण देखिएको छ ।

यस्तै बंगलादेशमा पनि पछिल्लो पटक ३४ सयभन्दा बढी संक्रमित भएका छन् । कोभिड–१९ का कारण त्यहाँ एक हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

विश्वमा अहिलेसम्म ७६ लाख भन्दा बढी संक्रमित पुगेका छन् । चार लाख २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *