समाज

बावुआमाको हत्या भएपछि दुई छोराको यस्तो विचल्ली (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २८ गते १९:४८
बावुआमाको हत्या भएपछि दुई छोराको यस्तो विचल्ली (भिडियोसहित)

२८ जेठ, २०७७ रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको सामूहिक हत्याकाण्डमा मारिएका एक दम्पत्तीका २ जना नाबालिग छोराको बिचल्ली भएको छ । तिलोत्तमाको भैंसी फर्ममा सोमबार राती सुतेकै अवस्थामा ५ जनाको हत्या भएको थियो ।

हत्याकाण्ड भएको तिलोत्तमाको भैसी फर्ममा पुग्दा अर्जुन मुसहर साथीसँग रमाउँदै खेलिरहेका थिए । उनी कोटहीयामाई आधारभूत विद्यालयमा कक्षा १ मा पढ्दछन । यी अवोध बालकलाई आफ्ना बुबा आमाको हत्या भएको बारे पनि थाहा छैन ।

बुबा आमाको मृत्युपछि अब सानो भाइलाई हेर्ने जिम्मेवारी करणमा आएको छ । उनीहरुसँग सम्पत्तिका नाममा सैनामैना दर्खासीमा टायलले छाएको सानो घर मात्र छ । आफुले राम्रोसँग पढ्न नपाएपनि भाइलाई मजुदरी गरेरै पनि ठुलो मान्छे बनाउने करणको इच्छा छ ।

सोमबार राती उनका बुबा ४० वर्षीय माधव मुसहर र आमा ३७ वर्षीया जानकी मुसहरको हत्या भयो । अर्जुनसँग दाई करण पनि छन् । उनी कक्षा ४ मा पढ्छन् । बुबा आमाको मृत्युपछि अब सानो भाइलाई हेर्ने जिम्मेवारी करणमा आएको छ । उनीहरुसँग सम्पत्तिका नाममा सैनामैना दर्खासीमा टायलले छाएको सानो घर मात्र छ । आफुले राम्रोसँग पढ्न नपाएपनि भाइलाई मजुदरी गरेरै पनि ठुलो मान्छे बनाउने करणको इच्छा छ ।

केही स्थानीय र मृतकका आफन्त तिलोत्तमा नगरपालिकामा पुगेर राहतको माग गरेका छन् । मृतक माधवका भाइ चिन्का मुसहर सैनामैनाबाट तिलोत्तमा नगरपालिकाको कार्यालयमा आइपुगे । उनीहरु पहिलेदेखि नै छुट्टाछुट्टै घरमा बस्दै आएका थिए । दाइको हत्यापछि २ छोराको भविष्यबारे चिन्कालाई पनि चिन्ता छ ।

हत्या गरिएका पाँचै जनाको परिवार आर्थिक रुपमा अति विपन्न छन् । स्थानीयले मृतक परिवारलाई सरकारले उचित राहत दिनुपर्ने माग राखेका छन् । काजक्रियाका लागि भैंसी फर्म सञ्चालकले १ लाख र तिलोत्तमा नगरपालिकाले २५ हजार प्रति परिवार दिने सहमति भएको छ ।

काजक्रियाका लागि भैंसी फर्म सञ्चालक र नगरपालिकाले केही राहत उपलब्ध गराए पनि दुई नाबालकको भविष्य भने अन्योलमा परेको छ । अब के गर्ने कसरी गुजारा चलाउने उनीहरु अलमलमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *