कालिकोट दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइयो

२८ जेठ, २०७७ काठमाडौं । कालिकोटमा आज भएको टिपर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
कालिकोटबाट उपचारका लागि भनेर हेलिकप्टर मार्फत सुर्खेत लगिए पनि अवस्था गम्भीर भएकाले नेपाली सेनाको स्काईट्रक मार्फत काठमाडौं ल्याइएको हो ।
नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकाका लागि छुटेको ना ८ ख ५१३३ टिपर बिजबजारबाट कर्णाली नदीमा खस्दा गम्भीर घाइते भएका रास्कोट नगरपालिका–२ का २० वर्षिया निस्पता सार्की र २८ वर्षिय मिम सार्कीलाई काठमाडौं ल्याइएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले दुर्घटनामा बेपत्ता भएका दुई जनाको खोजी भइरहेको जानकारी दिनुभयो ।
दुर्घटनामा रास्कोट नगरपालिका–२ का २१ वर्षिया शर्मिला सार्की र २१ वर्षिया ठम्की सार्कीको मृत्यु भएको थियो । आज विहान भारतबाट आएका रास्कोटका नागरिकलाई क्वारन्टिन पुर्याउँदै गरेको टिपर दुर्घटनामा परेको हो ।
प्रतिक्रिया