आर्थिक
संसदबाट विनियोजन विधेयक बहुमतबाट पारित
२०७७ जेठ २८ गते १८:३५

२८ जेठ, २०७७ काडमाडौं । सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पारित गरियोस भन्ने प्रस्तावमा नेकपाका सासंदले समर्थन गरेपछि आगामी वर्षको बजेट पारित भएको हो । नेपाली काँग्रेसलगायतका विपक्षी दलले भने प्रस्तावको विपक्षमा मतदान गरे ।
प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ । राष्ट्रिय सभामा पनि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्नेछ ।
अब बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ । सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
प्रतिक्रिया