आर्थिक

दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठुलो आर्थिक मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

हिमालय टिभी
२०७७ जेठ २७ गते १८:१९
दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठुलो आर्थिक मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

२७ जेठ, २०७७ काठमाडौं । विश्व बैंकले कोरोना भाइरसका कारण अर्थव्यवस्थामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो मन्दी आउन सक्ने बताएको छ ।

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले विश्वको अर्थतन्त्र सन् १९४५ पछिकै खराब अवस्थामा पुग्न सक्ने बताएको हो । बैंकले यो वर्ष विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले संकुचित हुने जनाएको छ ।

विकसित देशको अर्थतन्त्रमा ७ प्रतिशत र विकासशील देशको २ दशमलव ५ प्रतिशतको संकुचन देखिने विश्व बैंकले प्रक्षेपण गरेको हो । यस्तै विश्वको प्रतिब्यक्ति आय समेत सन १८७० यताकै न्युन हुन सक्ने प्रतिवेदनले विश्लेषण गरेको छ ।

प्रतिब्यक्ति आयमा ३ दशमलव ६ प्रतिशतको गिरावट आउने अनुमान छ । यसबाट विश्वका ७ देखि १० करोड मानिस चरम गरिबीमा धकेलिने समेत विश्व बैंकको भनाई छ ।

कोरोनाको मारमा सबैभन्दा बढी गरिब तथा पर्यटन र निर्यातमा निर्भर मुलुक पर्ने र कोरोना धेरै फैलिएको देशमा गरिबी बढ्ने प्रतिवेदनमा उल्लेख छ । कोरोना प्रकोप र लकडाउनको अवधि लम्बिँदै जाने हो भने यो अवस्था अझ खराब हुन सक्ने समेत विश्व बैंकले चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *