समाज

बंगलादेशबाट २ सय ६५ जना नेपालीको उद्धार गर्ने सरकारको तयारी

हिमालय टिभी
२०७७ जेठ २७ गते १६:१४
बंगलादेशबाट २ सय ६५ जना नेपालीको उद्धार गर्ने सरकारको तयारी

२७ जेठ, २०७७ काठमाडौं । सरकारले बंगलादेशबाट २ सय ६५ जनालाई उद्धार गर्ने भएको छ ।

कोरोना भाइरसका कारण उद्धारको पर्खाइमा रहेका २ सय ६५ जनालाई जेठ ३२ गने नेपाल ल्याउन लागेको ढाकास्थित नेपाली दूतावासका उपप्रमुख धनबहादुर ओलीले जानकारी दिनुभयो ।

पहिलो उडानमा नेपाल आउने नेपाली यात्रुको नामावली पनि तय भएको छ । जसमा अधिकांश चिकित्सा शिक्षा पढिरहेका विद्यार्थी र नेपाली सेना छन् । पहिलो उडानका लागि छनोट गरिएकालाई कोरोनाको स्वास्थ्य परीक्षण गर्न सूचना जारी भएको छ ।

नेपाल आउनका लागि १९ हजार ९ सय ५८ रुपैयाँ भाडा तोकिएको छ । यात्रुले नेपालमै टिकट खरिद गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *