समाज

तत्कालिन नापी सर्वेक्षक काफ्लेविरुद्ध पाँच करोड हिनामिना गरेको आरोपसहित मुद्दा

हिमालय टिभी
२०७७ जेठ २७ गते १४:५४
तत्कालिन नापी सर्वेक्षक काफ्लेविरुद्ध पाँच करोड हिनामिना गरेको आरोपसहित मुद्दा

२७ जेठ, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालिन सर्वेक्षक राजेन्द्र काफ्लेले ५ करोडभन्दा बढी आर्थिक हिनामिना गरेको ठहर गरेको छ ।

आयोगले पाँच करोड ४३ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको निष्कर्षसहित काफ्ले र उनकी श्रीमतिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

काफ्लेले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गा किनेर श्रीमतिका नाममा राखेको भेटिएको अख्तियारले जनाएको छ ।

उनले पदमा बसेको २०५४ सालदेखि २०७६ सालसम्मको समयमा उक्त सम्पत्ति थुपारेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

विशेष अदालतमा दायर गरेको मुद्दामा आयोगले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी राजेन्द्र काफ्ले र निजकी श्रीमती सुशिला काफ्लेको नाममा राखेको चलअचल सम्पत्ति तथा त्यसबाट बढेको सबै सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।

सम्पति जफत गर्ने प्रयोजनका लागि मात्रै श्रीमतिलाई प्रतिवादी बनाइएको समेत अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *