अन्तर्वार्ता
कोरोना फैलाउनेलाई जेल हाल्नुपर्छः डा. बाबुराम मरासिनी, पूर्व प्रमुख, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
२०७७ जेठ २७ गते १४:२०
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले प्रधानमन्त्रीको प्रतिबद्धता हुँदैहुँदै पनि तल्लो संयन्त्रले कोरोना नियत्रणमा प्रभावकारी ढंगबाट काम गर्न नसकेको बताउनु भएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै डा. मरासिनीले कोरोना रोक्न प्रधानमन्त्रीको प्रतिबद्धता राम्रो भए पनि पुस महिनामै रोक्न सकिने संकटलाई योजना निर्माण गर्न नसकेकाले कार्यान्वयन हुन नसकेको उहाँको दाबी छ ।
साथै उहाँले अब कोरोनासँगै जीवन चलाउनुपर्ने भएकाले संक्रमण फैलाउनेलाई जेल हाल्नसमेत माग गर्नु भयो । उहाँले व्यवसाय, स्कूल, सार्वजनिक यातायात र जीवन प्रणाली अब कसरी संचालन गर्ने लगाएतका विषयमा विविध सुक्षाव दिनु भएको छ ।
प्रतिक्रिया