विदेश

ब्राजिलमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, भारतमा पनि संक्रमण उच्च

हिमालय टिभी
२०७७ जेठ २७ गते ८:०६
ब्राजिलमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, भारतमा पनि संक्रमण उच्च

२७ जेठ, २०७७ ब्राजिल । ब्राजिलमा तीब्र रुपमा फैलिँदै गएको कोरोना संक्रमितको स्रख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा १९ हजार स्रक्रमित थपिएका छन् ।

पछिल्लो तथ्यांक अनुसार ब्राजिलमा ७ लाख १० हजार ८ सय ८८ जनामा संक्रमण देर्खिएको छ। त्यस्तै त्यहाँ ३७ हजरा ३ सय १२ जनाको ज्यान गएको छ।

अमेरिकामा २० लाख २६ हजारमा संक्रमण देखिएको छ भने त्यहाँ १ लाख १३ हजार ५४ जना को ज्यान गइसकेको छ । रुसमा एकै दिन नौ हजारमा संक्रमण फैलिएको छ । त्यहाँ पाँच हजार सय ७१ को ज्यान गएको छ ।

भारतमा पनि संक्रमण दर उच्च हुँदै गएको छ । भारतमा विगत २४ घण्टामा आठ हजार ४ सय ४४ जनामा संक्रमण फैलिएको छ । त्यहाँ हालसम्म २ लाख ६५ हजार ९ सय २८ जनामा संक्रमण देखिएको छ । त्यस्तै भारतमा हलासम्म ७ हजार ४ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या ७१ लाख ९० हजार पुगेको छ भने हालसम्म ४ लाख ८ हजार २ सय ३९ जनाको ज्यान गएको छ । विश्वभर हालसम्म ३५ लाख भन्दा धेरै मानिस निको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *