समाज

रुपन्देहीमा पशु फर्ममा पाँच जना मजदुरको हत्या, हत्याको कारण खुल्न बाँकी

हिमालय टिभी
२०७७ जेठ २७ गते ७:४५
रुपन्देहीमा पशु फर्ममा पाँच जना मजदुरको हत्या, हत्याको कारण खुल्न बाँकी

२७ जेठ, २०७७ रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५ जनाको हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार मैनैयामा उक्त घटना भएको हो । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छी बजारका कृष्ण पुन को भैंसी फर्ममा काम गर्ने ६ जना मध्ये ५ जना लाई हत्या गरी अर्का १ जना फरार रहेको स्थानीय प्रदिप थापाले जानकारी दिनुभयो ।

मृतकको नाम खुलेको छैन प्रहरी घटस्थलमा भर्खर पुगेको छ । फरार हुने सोही फर्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

जिल्लाको सुरक्षा ब्यवस्थालाई कडा पारिएको छ । प्रहरी ठाउँ ठाउँमा तैनाथ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *