समाज

उच्च हिमाली क्षेत्रका विकास कार्यक्रम र बजेट न्युन भएको मन्त्री नेम्बाङद्वारा स्वीकार

हिमालय टिभी
२०७७ जेठ २६ गते १४:४८
उच्च हिमाली क्षेत्रका विकास कार्यक्रम र बजेट न्युन भएको मन्त्री नेम्बाङद्वारा स्वीकार

२६ जेठ, २०७७ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले कर्णाली प्रदेश लगायतका उच्च हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट न्यून भएको स्वीकार गर्नुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ अन्तर्गत शहरी विकास मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री नेम्वाङले हिमाली क्षेत्रमा शहरी विकासका कार्यक्रम र बजेट तुलनात्मक रुपमा थोरै भएको बताउनुभयो ।

चालु आर्थिक बर्षको भन्दा ४ अर्ब ३० करोड रुपैयाले न्यून रहेकाले सबै कार्यक्रमलाई समेट्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।

आगामी बर्षका लागि यस मन्त्रालयका लागि ३६ अर्ब ५२ करोड ३३ लाखको बजेट प्रस्तावित गरिएको छ । प्रतिकुल परिस्थितिमा पनि कार्यक्रम छनौट र बजेट विनियोजन गर्दा मन्त्रालयले प्रादेशिक सन्तुलन र चालु आयोजनालाई निरन्तरता दिने प्रयास भने गरेको उहाँको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *