विदेश
न्युजिल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झर्यो
२०७७ जेठ २६ गते १३:०८
२६ जेठ, २०७७ न्युजिल्याण्ड । न्युजिल्याण्डमा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ ।
न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम संक्रमितलाई पनि आइसोलेसनबाट निकालिएको छ ।
न्युजिल्याण्डका स्वास्थ्य महानिर्देशक डाक्टर अस्ले ब्लूमफिल्डले विज्ञप्ति निकाली न्युजिल्याण्डको लागि यो निकै खुसीको खबर रहेको बताएका छन् ।
न्युजिल्याण्डमा एक हजार ५०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । जसमध्ये २२ जनाको मृत्यु भएको थियो । न्युजिल्याण्डले मुलुकमा कोरोना भाइरसका संक्रमित संख्या ३० पुग्दा मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो ।
पाँच सातासम्म न्युजिल्याण्डमा लकडाउन कडाइको साथ पालना गराइएको थियो । त्यसपछि बिस्तारै खुकुलो बनाइएको थियो ।
प्रतिक्रिया