समाज

प्रयोगशाला र एक्सरे मेसिनसमेत नभएको कोरोना अस्पताल, संक्रमित समस्यामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २५ गते २०:२९
प्रयोगशाला र एक्सरे मेसिनसमेत नभएको कोरोना अस्पताल, संक्रमित समस्यामा (भिडियोसहित)

२५ जेठ, २०७७, नेपालगञ्ज । बाँके र बर्दियामा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढी रहेको छ । यी दुई जिल्लामा कोरोना संक्रमणको जोखिममा रहेका साढे ८ हजार जनालाई क्वारन्टिनमा राखिएको छ । बाँके र बर्दियाका संक्रमितलाई उपचार गर्न खजुरामा कोरोना अस्पताल पनि स्थापना गरिएको छ । तर अस्पतालमा कोरोना संक्रमितका लागि प्रयोगशाला र एक्सरे गर्ने सुविधा छैन ।

बाँके र बर्दियाका कोरोना संक्रमित र क्वारन्टिनमा रहेका ब्यक्तिमा कुनै पनि बेला स्वास्थ्य समस्या आएमा उपचार गर्ने यो कोरोना आइसोलेशन अस्पताल खजुरा हो । यो सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नै सरकारले कोरोनाको उपचार गर्न लेवल वान् अस्पतालको मान्यता दिएको छ । लेभल वान् अस्पतालमा सामान्य लक्षण देखिएका कोरोना संक्रमितको उपचार गरिन्छ । तर यहाँ रगत परीक्षण र एक्सरे गर्ने न्युनतम र आधारभुत सुबिधा पनि छैन ।

उपकरण र कर्मचारी नदिएका कारण संक्रमितले ल्याब र एक्सरे सेवा पाएका छैनन । कोभिड अस्पताललाई प्रयोगशाला र एक्सरे सुबिधा दिदा क्यान्सर अस्पतालमा सेवा लिइरहेका बिरामी समस्यामा पर्ने क्याक्सर अस्पताल ब्यवस्थापनको तर्क छ । भेरी अस्पतालले लिखित रुपमै क्यान्सर अस्पताललसँग ल्याब र एक्सरे प्रयोग गर्न आग्रह गर्यो । तर क्यान्सर अस्पतालले दिन नसक्ने लिखित जबाफ पठायो ।

कोरोनाका विरामीको उपचारका लागि क्यान्सर अस्पतालमा भएकै प्रयोगशाला र एक्सरे मेसिन प्रयोग गर्ने भनिएको छ । त्यसका लागि ४ जना दक्ष स्वास्थ्यकर्मी पनि छन । तर संक्रमित बिरामीले ल्याब र एक्सरे सेवा पाउन सकेका छैनन । क्यान्सर अस्पताल ब्यबस्थापनले कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन बनाउन भबन र बेड दिएको छ ।

तर उपकरण र कर्मचारी नदिएका कारण संक्रमितले ल्याब र एक्सरे सेवा पाएका छैनन । कोभिड अस्पताललाई प्रयोगशाला र एक्सरे सुबिधा दिदा क्यान्सर अस्पतालमा सेवा लिइरहेका बिरामी समस्यामा पर्ने क्याक्सर अस्पताल ब्यवस्थापनको तर्क छ । भेरी अस्पतालले लिखित रुपमै क्यान्सर अस्पताललसँग ल्याब र एक्सरे प्रयोग गर्न आग्रह गर्यो । तर क्यान्सर अस्पतालले दिन नसक्ने लिखित जबाफ पठायो ।

ल्याब र एक्सरे जस्ता आभारभुत सुविधा नहुँदा कोरोना संक्रमितमा गम्भिर स्वास्थ्य समस्या देखियो भने कहाँ लगेर कसरी रगत परीक्षण र एक्सरे गर्ने अन्योल छ ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतका २ वटा अस्पताल भेरी र क्याक्सर अस्पताल बिचको समन्बय राम्रो नहुँदा कोरोना संक्रमितहरुको उपचारमा चुनौती बढेको छ । त्यसैले जिल्ला प्रशासन कार्यालय बाँकेले क्यान्सर र भेरी अस्पतालका प्रमुख तथा ब्यबस्थापन समितिका पदाधिकारीलाई बोलाएर छलफल सुरु गरेको छ । प्रशासनले कोरोना आइसोलेशन अस्पताल खजुराको स्तरोन्नती गरी लेबल २ स्तरको अस्पताल बनाउन प्रदेश सरकारसँग समन्बय गरि रहेको छ ।

महामारीको अवस्थामा कति खेर कसलाई के पर्छ भन्न सकिन्न । त्यसैले कोरोना आइसोलेशन अस्पतालमा प्रयोगशाला र एक्सरे सुविधा हुनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *