समाज

कपिलवस्तुमा सेल्फ आइसोलेसनमा रहेका दुई सञ्चारकर्मी कोरोनामुक्त

हिमालय टिभी
२०७७ जेठ २५ गते १८:५२
कपिलवस्तुमा सेल्फ आइसोलेसनमा रहेका दुई सञ्चारकर्मी कोरोनामुक्त

२५ जेठ, २०७७, कपिलवस्तु । जेठ ९ गतेदेखि कपिलवस्तुको तौलिहवास्थित मधेस मानव अधिकार गृहमा सेल्फ आइसोलेशनमा रहेका दुई सञ्चारकर्मी कोरोनामुक्त भई घर फर्किएका छन ।

संक्रमण पुष्टि भएको सत्रौ दिन दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि कपिलवस्तु नगरपालिका ३ का बसन्त बन्जाडे र बाणगंगा नगरपालिका–११ का योगेश पाठक घर फर्कनु भएको हो । संक्रमणमुक्त भएका सञ्चारकर्मीले कोरोनाबाट त्रसित हुनुभन्दा पनि सचेत रहनुपर्ने भन्दै क्वारेन्टिन र आइशोलेशनको सही व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन् ।

कपिलवस्तुम ३९ पुरुष र २ महिला गरी कुल ४१ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *