समाज

यातायात कार्यालय कोशीका तत्कालीन चार प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टिभी
२०७७ जेठ २५ गते १८:२७
यातायात कार्यालय कोशीका तत्कालीन चार प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२५ जेठ, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन चार जना कार्यालय प्रमुख सहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

संकलित राजस्व हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरुले २०७३ चैतदेखि २०७४ असारसम्मको संकलित राजस्व दाखिला नगरेको अख्तियारको आरोप छ ।

मुद्दा दायर हुनेमा तत्कालीन कार्यालय प्रमुखहरु नयनराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राई छन् । उनीहरुमध्ये लम्साललाई सबैभन्दा धेरै ३ करोड ३० लाख बिगो दावी गरेको अख्तियारले राईसँग भने ५६ लाख १२ हजार रुपैयाँ मात्र बिगो दावी गरेको छ ।

अख्तियारले तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारी तथा लेखापालहरु सुरेश अधिकार, रुद्रप्रसाद दाहाल, अर्जुन भट्टराई र कृष्णप्रसाद कट्टेलविरुद्ध पनि मुद्दा दायर गरिएको हो । उनीहरुसँग अख्तियारले साढे ७३ लाख रुपैयाँदेखि ३ करोड ७२ लाख रुपैयाँसम्मको विगो दावी गरेको छ ।

मुद्दा दायर हुनेमा कम्प्युटर अपरेटरहरु सुजन राई, राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुङ्गेल पनि छन् । उनीहरुसँग जनही पाँच करोड ९५ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *