आर्थिक

लकडाउनपछि खुल्यो सुनचाँदी बजार, सुन तोलामा १० हजार महंगियो

हिमालय टिभी
२०७७ जेठ २५ गते १३:५८
लकडाउनपछि खुल्यो सुनचाँदी बजार, सुन तोलामा १० हजार महंगियो

२५ जेठ, २०७७ काठमाडौं । लकडाउनका कारण चैत ११ गतेदेखि बन्द रहेको सुनचाँदीको मूल्य निर्धारण पुन सुरु भएको छ ।

बजार आंशिकरुपमा खुल्न थालेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले कारोबार मुल्य तोक्न थालेको हो । नयाँ भाउमा सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढेको छ । आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ छ ।

चैत १० गते छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै यो अवधिमा चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेको छ । चैत १० गते चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९ सय २५ रुपैयाँमा कायम भएको छ ।

सरकारले बजेटमार्फत सुनचाँदीको भन्सार दर बढाइदिएसँगै सुनको मूल्य आकािशिएको हो । सरकारले सुन आयातमा प्रति १० ग्राम ६ हजार ५ सय रुपैयाँ भन्सार शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्‍याएको थियो । यस्तै १० ग्राम चाँदी आयात गर्दा लाग्दै आएको ७५ रुपैयाँ भन्सार शुल्क बढाएर ८५ रुपैयाँ पुर्‍याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *