समाज
दाङबाट १० जना कोरोना संक्रमित निको भएर घर फर्किए
२०७७ जेठ २५ गते १३:०९

२५ जेठ, २०७७, दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज १० जना निको भएर घर फर्किदै छन् ।
निको हुनेमा बाँकेका ५, कपिलवस्तुका २, दाङको घोराही र गढवाका एक एक जना र बर्दियाका एक जना रहेको हेल्थ असिस्टेन्ट द्रोण वलीले जानकारी दिनुभयो।
उनीहरु सबैलाई आजै घर पुर्याइने वलीको भनाइ छ । अव बेलझुण्डी कोरोना विशेष अस्पतालमा ४५ जना उपचाररत छन् । बाँकी सबैको अवस्था पनि सामान्य रहेको वलीले बताउनुभयो ।
प्रतिक्रिया