समाज

पाल्पा छहरा गाउँपालिका–१ का वडाध्यक्ष पुन ३ लाख घूससहित पक्राउ

हिमालय टिभी
२०७७ जेठ २५ गते १२:३६
पाल्पा छहरा गाउँपालिका–१ का वडाध्यक्ष पुन ३ लाख घूससहित पक्राउ

२५ जेठ, २०७७, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देबेन्द्र पुन ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन ।

रुपन्देहीको सालझण्डीमा काठ लिलामको काम मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुनलाई पक्राउ गरेको हो ।

आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले पुनलाई तीन लाखसहित पक्राउ गरेको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *