पाँचथरका किसानको अर्ग्यानिक चिया गोदाममै थन्कियो (भिडियोसहित)

२४ जेठ, २०७७, पाँचथर । अर्ग्यानिक उत्पादनमा ख्याति कमाएको पाँचथरमा उत्पादित चिया गोदाममै थन्किएको छ ।
युरोप र अमेरिकालगायतका देशमा निर्यात हुने चिया मुख्य सिजनमै रोकिएको हो । कोरोना भाइरसको प्रकोपका कारण चिया विदेश निकासी गर्न नपाउँदा ठुलो नोक्सानी भएको छ ।
लकडाउनमा पनि उद्योगधन्दा चलाउने निर्णय गरेपछि पाँचथरका बगानबाट पात टिपियो । त्यो पात प्रशोधन गरेर अहिले चिया थन्काएर राखिएको छ । पाँचथरका ठूला टी स्टेट, साना कम्पनी, सहकारी तथा साना किसानका बगानमा भएको चिया टिपेर प्रशोधन गरिए पनि विक्रि हुन सकेको छैन् ।
मुख्य उत्पादनको सिजनमै चिया विक्रि नहुँदा मजदुर, कर्मचारीलाई तलब खुवाउन समस्या छ । इन्धन, विद्युत लगायतका खर्च जुटाउन समेत समस्या पर्न थालेको सञ्चालकको गुनासो छ ।
हरेक बर्ष टि(स्टेमा अध्ययन गर्न विदेशी पनि आउने गर्थे । पाँचथरका टिस्टेलाई विदेशी ख्याती प्राप्त संस्थाहरुले अर्ग्यानिक उत्पादनको प्रमाणपत्र दिएका छन् ।
प्रतिक्रिया