समाज

नेपालमा ३२३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२३५ पुग्यो, मृत्यु हुनेको संख्या १३ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २४ गते १६:५२
नेपालमा ३२३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३२३५ पुग्यो, मृत्यु हुनेको संख्या १३ पुग्यो

२४ जेठ, २०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ ।

डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको जेठ २१ गते मृत्यु भएको बताउनुभयो ।

जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै त्यसैगरी मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।

आज कहाँ कति संक्रमित भेटिए ?
कपिलवस्तु-५०
दैलेख-४७
सल्यान-३८
महाेत्तरी-३५
बर्दिया-२८
सर्लाही-२७
बाँके-१२
सुर्खेत-१०
स्याङ्जा-१०
सप्तरी-८
धनुषा-८
बझाङ-६
राैतहट-६
सुनसरी-५
काठमाडाैं-४
जाजरकाेट-४
रुपन्देही-३
पूर्वी नवलपरासी-३
कास्की-३
कञ्चनपुर-३
पश्चिम नवलपरासी-२
माेरङ-२
कैलाली-२
बाग्लुङ-१
अछाम-१
डढेलधुरा-१
डाेल्पा-१
अर्घाखाँची-१
भक्तपुर-१

अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ ।

देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ ह्जार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । प्रदेश १ मा १ सय ७० जना, प्रदेश २ मा ९ सय ४३ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९ सय ६१ जना, कर्णाली प्रदेशमा ५ सय ६७ जना र सुदूरपस्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *