समाज

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

हिमालय टिभी
२०७७ जेठ २४ गते ९:१०
नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा

२४ जेठ, २०७७ चितवन । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले बताउनुभयो ।

उहाँले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताउनुभयो । खनालका अनुसार सडकखण्डको ९ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ ।

सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताउनुभयो । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ ।

१४ करोड ९ लाख रुपैयाँको लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *