विदेश

कोरोनाबाट मृत्यु हुनेको संख्या केही घट्यो, पछिल्लोपटक विश्वभर करिब ५ हजारको मृत्यु

हिमालय टिभी
२०७७ जेठ २४ गते ९:०१
कोरोनाबाट मृत्यु हुनेको संख्या केही घट्यो, पछिल्लोपटक विश्वभर करिब ५ हजारको मृत्यु

२४ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अघिल्लो दिनको तुलनामा केही घटेको छ । पछिल्लो पटक विश्वभर ४ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट ब्राजिलमा थप एक हजार ८ जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ३५ हजार ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३० हजार १ सय ३६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ लाख ४६ हजा नाघेको छ ।

उता अमेरिका पछिल्लो २४ घण्टामा ९ सय ७१ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतक संख्या १ लाख ११ हजार ३ सय ८६ छ । हिजोदेखि अमेरिका र ब्राजिलमा मृतकको संख्या फेरि बढेको छ । अमेरिकामा २५ हजार २ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १७ हजार र ब्राजिलमा ८ हजार मानिसको अवस्था गम्भिर रहेको छ ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा थप दुई सय ८६ जनाको मृत्यु भएको छ भने ९ हजार ४ सय ७१ जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म दुई लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ । भारतमा ६ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ४ सय ४२ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३० हजार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा बढी हो । विश्वभर ३३ लाख ३ हजार ७ सय ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *