समाज

२७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २९१२ पुग्यो, मृत्यु हुनेको संख्या ११ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २३ गते १६:४०
२७८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २९१२ पुग्यो, मृत्यु हुनेको संख्या ११ पुग्यो

२३ जेठ, ४०७७ काठमाडौं । नेपालमा आज २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक सबैभन्दा बढी दैलेखमा ९० जना संक्रमित थपिएका छन् । दैलेखमा हिजो पनि १ सय १३ संक्रमित भेटिएका थिए । त्यहाँ दुइ दिनमै २ सय भन्दा बढी संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितमा महाबु गाउँपालिका र दुल्लु नगरपालिकाका बढी छन् । आज कपिलवस्तुमा पनि ४४ जना संक्रमित थपिएका छन् । कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ७५ पुगेको छ । कपिलवस्तुका नयाँ संक्रमितमा ८ महिने बालक पनि छन् । सुनसरीमा २१ र रुपन्देहीमा १८ तथा महोत्तरी र रामेछापमा १७–१७ संक्रमित थपिएका छन् ।

यस्तै झापामा १२, जुम्लामा ७, मोरङ र रौतहटमा ६६ तथा डेढेल्धुरा, भोजपुर र काभ्रेमा ५–५ नयाँ संक्रमित भेटिएका छन् । जुम्लामा भेटिएका ७ जनामध्ये सबै सरकारी कर्मचारी हुन् । ति मध्ये ४ जना अन्य जिल्लाका छन् । उनीहरु सबै क्वारन्टिन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारी रहेको बुझिएको छ ।

कैलाली र धनुषामा ४–४, नवलपरासी, सिन्धुली, बारा र तनहुँमा २(२ संक्रमित थपिएका छन् । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका गुल्मी र कास्कीका २ जना विरामीमा पनि संक्रमण देखिएको छ ।

थप भएका संक्रमितहरु

दैलेख-९०
कपिलवस्तु-४४
सुनसरी-२१
रुपन्देही-१८
रामेछाप-१७
महाेत्तरी-१७
झापा-१२
जुम्ला-७
माेरङ-६
राैतहट-६
डढेल्धुरा-५
भाेजपुर-५
काभ्रे -५
कैलाली-४
धनुषा-४
नवलपरासी-२
सिन्धुली-२
बारा-२
तनहुँ-२
काठमाडाैं-२
अछाम-१
बझाङ-१
अर्घाखाँची-१
पाल्पा-१
सुर्खेत-१
दाङ-१
बारा-१

अछाम, बझाङ, अर्घाखाँची, पाल्पा, सुर्खेत, दाङ र बारामा आज एक–एक संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमा पहाडी जिल्लाका बढी छन् । यसअघि तराइ मधेसका जिल्लामा बढी संक्रमित भेटिएका थिए ।

भारतबाट आएका नागरिक स्थानीय तहका क्वारन्टिनमा पुगेकाले पहाडी जिल्लामा बढी संक्रमण देखिन थालेको छ । आज ४३ जना डिस्चार्ज भएका छन । यो संगै नेपालमा अहिलेसम्म ३ सय ३३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *