विदेश

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या फेरि बढ्यो, करिब साढे पाँच हजारको मृत्यु

हिमालय टिभी
२०७७ जेठ २३ गते ९:३२
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या फेरि बढ्यो, करिब साढे पाँच हजारको मृत्यु

२३ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ९९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २९ हजार २ सय ८६ पुगेको छ । पछिल्लो समय सबैभन्दा बढी मृतक संख्या ब्राजिलमा रहेका छन् ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ४ सय ९२ जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ३४ हजार ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१ हजार ८ सय ९० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ लाख १५ हजा ८ सय ७० पुगेको छ ।

उता अमेरिका पछिल्लो २४ घण्टामा एक हजार ३१ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतक संख्या १ लाख १० हजार एक सय ७३ छ । केही दिन यता अमेरिकामा मृत्युदर स्थिर रहेको छ भने ब्राजिलमा मृतकको संख्या फेरि बढेको छ । अमेरिकामा २२ हजार २ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १७ हजार र ब्राजिलमा ८ हजार मानिसको अवस्था गम्भिर रहेको छ ।

दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा थप दुई सय ७५ जनाको मृत्यु भएको छ भने ९ हजार ८ सय ८९ जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म दुई लाख २६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ । भारतमा ६ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख ९२ हजार ६ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २९ हजार ९ सय ९० जना कोरोना संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा बढी हो । विश्वभर ३२ लाख ३० हजार ७ सय २३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *