विदेश

अमेरिकामा प्रहरीले हत्या गरेका जर्ज फ्लोयडमा देखियो कोरोना संक्रमण

हिमालय टिभी
२०७७ जेठ २२ गते १८:०८
अमेरिकामा प्रहरीले हत्या गरेका जर्ज फ्लोयडमा देखियो कोरोना संक्रमण

२२ जेठ, २०७७ न्युयोर्क । अमेरिकामा प्रहरीले निर्ममतापुर्वक हत्या गरेका अफ़्रीकी मूलका नागरिक जर्ज फ़्लोयडमा कोरोना संक्रमण भएको पाइएको छ ।

उनको हत्यापछि अमेरिकामा आन्दोलन चर्किएको थियो । मृत्यु भएको केहि साता पहिले उनीमा कोरोना संक्रमण भएको पाइएको अहिले आएर खुलासा भएको हो ।

जर्ज फ़्लोयडको आटोप्सी रिपोर्टमा अप्रिल ३ मा उनमा कोरोना संक्रमण देखिएको उल्लेख भएको विविसिले जनाएको छ । मृत्युको समयमा समेत उनमा संक्रमण कायमै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

जर्ज हत्याको विरोधमा शुरु भएको आन्दोलन अमेरिकाभरी नै फैलिएको छ । सुरुवाती दिनमा जस्तो हिंशा भने अहिले भएको छैन । फ्लोयडलाई ११ दिनअघि मिनोपोलिस शहरमा प्रहरीले घुडाले घाँटि थिचेर हत्या गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *