विदेश

राष्ट्रपति ट्रम्पले देशलाई विभाजन गर्न खोजेको पूर्व अमेरिकी रक्षामन्त्रीको आरोप

हिमालय टिभी
२०७७ जेठ २२ गते १८:०६
राष्ट्रपति ट्रम्पले देशलाई विभाजन गर्न खोजेको पूर्व अमेरिकी रक्षामन्त्रीको आरोप

२२ जेठ, २०७७, न्युयोर्क । अमेरिकाका पूर्व रक्षा मन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् ।

पछिल्लो समय अमेरिकामा भड्किएको आन्दोलन हिंसात्मक बन्नुमा ट्रम्पको असफलता जिम्मेवार रहेको पनि उनले बताएका छन् ।

जर्ज फ्लोइड हत्याले निम्त्याएको आन्दोलनप्रति ट्रम्पको रिस र डरमात्र देखिएको भन्दै उनले राष्ट्रपतिले आफ्नो अधिकारको दुरुपयोग गरेको समेत आरोप लगाएका छन् ।

एक म्यागजिनसँगको अन्तरवार्तामा म्याटिसले डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकता दिन नसकेको भन्दै अपरिपक्व नेतृत्व भनेका छन् ।सन् २०१८ मा ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेपछि म्याटिसले राजिनामा दिएका थिए ।

त्यसपछि उनले कुनै पनि सार्वजनिक वक्तब्य दिएका थिएनन् । पूर्व राष्ट्रपति बाराक ओबामाले जस्तै उनले पनि आन्दोलनकारीको साथ दिएका छन् ।

यसैबीचमा ट्रम्पले भने म्याटिसलाई ओभर रेटेड जनरल भनेर टिप्पणी गरेका छन् । म्याटिसको टिप्पणी प्रति ट्रम्पले ट्वीटरमा धेरै ट्वीट गरेका छन् । ट्वीटमा उनले म्याटिसलाई पागल कुकुर समेत भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *