विदेशमा अलपत्र नेपालीको उद्धार शुरु हुँदै, भोलि यूएई र म्यान्मारका नेपालीलाई ल्याइने

२२ जेठ, २०७७ काठमाडौं । सरकारले भोलिदेखि विदेशमा अलपत्र नागरिक फर्काउन सुरु गर्ने भएको छ। भोलि युएई र म्यानमारमा रहेका नेपालीलाई स्वदेश फर्काइने छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भोलि युएईबाट ९५ जना र म्यानमारबाट १७ जना गरी १ सय १२ जना नेपाली काठमाडौं आउँदै छन् । उनीहरुले सम्बन्धित देशले नै नेपाल ल्याइदिन लागेका हुन् ।
म्यानमारले काठमाडौंमा रहेका आफ्ना नागरिकको उद्धारका लागि भोलि विमान पठाउँदै छ । त्यै विमानमा राखेर उसले म्यान्मारमा अलपत्र भएर नेपाल फर्कन चाहेका ३५ जनालाई ल्याइदिन लागेको हो । यस्तै युएईले पनि भोलि ९५ जनालाई ल्याइदिँदै छ ।
पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो। युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ। यसको सूची युएईले पठाइसकेको छ ।
कुवेतमा आममाफी पाएका ३ हजार नेपाली श्रमिकलाई पनि कुवेतले नै फर्काइदिने छ। कुवेतबाट अरु करिव ५ हजार भन्दा बढी श्रमिक कम्पनी बन्द भएर फर्किनैपर्ने अवस्थामा छन । विदेशबाट फर्केका सबैलाई क्वारन्टिनमा राखिने छ ।
Ticket booked kasari garne ho hami lai pani janakari garidinu vaye hune thiyo