आर्थिक

सोलारबाट निकालिएको बिजुली राष्ट्रिय प्रशारणमा जोडियो

हिमालय टिभी
२०७७ जेठ २२ गते १५:५६
सोलारबाट निकालिएको बिजुली राष्ट्रिय प्रशारणमा जोडियो

काठमाण्डौं : सोलार आयोजनाबाट निकालिएको १ दशमलव २५ मेगावाट विद्युत् राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा थपिएको छ ।

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाबाट १ दशमलव २५ विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

२५ मेगावाट जडित क्षमता आयोजनाबाट बुधबारदेखि १।२५ मेगावाट विजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ । तर आयोजनामा ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट थप १० मेगावाट विद्युत् डेढ महिनाभित्र ग्रिडमा जोड्ने प्राधिकरणको लक्ष्य छ । २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध यो आयोजना नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *