मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने
२२ जेठ, २०७७, काठमाडौं । सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न दिउँसो चार बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीले हिजो विज्ञहरुसँग ५ घण्टा गरेको छलफलका आधारमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए ।
यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर हुने बुझिएको छ । सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ ।
चैत ११ यता लगातारको लकडाउनले मानिसको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सरकार माथि चर्को दवाव परेको छ ।
प्रतिक्रिया