पछिल्लो समय कोरोनाबाट विश्वभर ४ हजार ९ सय बढीको मृत्यु
![पछिल्लो समय कोरोनाबाट विश्वभर ४ हजार ९ सय बढीको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2020/05/corona-1.jpg)
२२ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार ९ सय २५ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७ सय ८४ पुगेको छ । पछिल्लो समय सबैभन्दा बढी मृतक संख्या ब्राजिलमा रहेका छन् ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ६९ जनाको मृत्यु भएको छ । यो सँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ३२ हजार ५ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७ हजार ३ सय १२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५ लाख ८३ हजा ९ सय ८० पुगेको छ ।
उता अमेरिका पछिल्लो २४ घण्टामा एक हजार ८१ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतक संख्या १ लाख ९ हजार एक सय ४० छ । केही दिन यता मृत्युदर घटीरहेको अमेरिका र ब्राजिलमा मृतक संख्या फेरि बढेको छ । अमेरिकामा २० हजार ५ सय दश जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १७ हजार र ब्राजिलमा ८ हजार मानिसको अवस्था गम्भिर रहेको छ ।
दक्षिण एसियामा सबैभन्दा प्रभावित भारतमा थप दुई सय ५९ जनाको मृत्यु भएको छ भने ९ हजार ६ सय ३३ जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म दुई लाख १६ हजार ८ सय २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ६५ लाख ६२ हजार ४ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २१ हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा बढी हो । विश्वभर ३१ लाख ६१ हजार २ सय ७२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया