आर्थिक

आजदेखि बिहान ११ बजेसम्म पसल सञ्चालन गर्ने काठमाडौंका व्यवसायीको एकतर्फी निर्णय

हिमालय टिभी
२०७७ जेठ २२ गते ९:३६
आजदेखि बिहान ११ बजेसम्म पसल सञ्चालन गर्ने काठमाडौंका व्यवसायीको एकतर्फी निर्णय

२२ जेठ, २०७७, काठमाडौं । काठमाडौंका व्यवसायीहरुले आजदेखि बिहान ११ बजेसम्म पसल, व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको हिजो बसेको केन्द्रीय सचिवालय बैठकले आजदेखि आधा दिन पसल, व्यवसाय खुला गर्ने निर्णय गरेको महासंघका महासचिव अञ्जन शाक्यले जानकारी दिनुभयो ।

पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने उहाँको भनाइ छ । लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको शाक्यले बताउनुभयो ।

पसल खुला गर्दा राज्यबाट बन्द गर्न दबाव आए वा बल प्रयोग भएमा राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने शाक्यको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *