समाज
गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित फेला
२०७७ जेठ २२ गते ७:५४
२२ जेठ, २०७७, काठमाडौं । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज बाग्लुङमा १०, म्याग्दीमा ३, पर्वतमा २ र स्याङ्जामा एक जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । नेपालभर संक्रमितको संख्या साढे २३ सय पुगेको छ । हिजो एकै दिन २ सय १ जना नयाँ संक्रमित थपिएका थिए ।
प्रतिक्रिया