मेरा बुवा पानी र उपचार नपाएर मरे: छोरा गोडिया
२१ जेठ, २०७७, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९, गोडिनपुर गाउँका विष्णु गोडियाले खानेपानी र उपचार नपाएर आफ्ना बुबाको मृत्यु भएको बताउनु भएको छ ।
अछामबाट पैदलै बर्दिया पुगेका विष्णुका बुबा ५५ वर्षिय जोधीप्रसाद गोडियाको बबई बहुमुखी क्याम्पसको क्वारन्टिनमा जेठ १४ गते मृत्यु भएको थियो । मृतकमा पछि कोरोना संक्रमण देखिएको थियो । विष्णुले क्वारन्टिनमा बस्दा स्वास्थ्य उपचार त परै जाओस पानी माग्दा समेत नपाएको दुखेसो गर्नुभयो ।
बुबाको मृत्यु पछि काजक्रियाका लागि घर पुगेका विष्णुलाई अहिले गाउँघरमा अपमानित गर्ने गरिएको छ । कोरोना आयो भन्दै आफुलाई हेलाँको दृष्टिले हेर्न थालिएको उहाँको गुनासो छ ।
अछामबाट जेठ १३ गते वर्दिया पुगेका विष्णु र उहाँका बाबु सहित १६ जनालाई बबई बहुमुखी क्याम्पसको क्वारन्टिनमा राखिएको थियो ।
उचित खर्च सरकार ले दिनु पर्यो