आर्थिक

करको ताकेताबाट सरकार पछि हट्यो, कर तिर्ने समय असार ७ गतेसम्म थप

हिमालय टिभी
२०७७ जेठ २१ गते १७:३०
करको ताकेताबाट सरकार पछि हट्यो, कर तिर्ने समय असार ७ गतेसम्म थप

२१ जेठ, २०७७, काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउन समयसीमा १४ दिन बढाएको छ ।

आन्तरिक राजस्व विभागले आज सूचना जारी गर्दै कर तिर्ने म्याद बढाएर असार ७ गतेसम्म पुर्‍याएको जनाएको छ । यसअघि विभागले हिजो सूचना निकालेर जेठ २५ गतेभित्रै कर बुझाउन करदातालाई भनेको थियो ।

तोकिएको म्याद भित्र कर बुझाए अतिरिक्त शुल्क, ब्याज र जरिवाना समेत लाग्ने विभागको चेतावनी थियो । तर लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र आम्दानी शुन्य भएको अवस्थामा कर बुझाउन नसक्ने भन्दै व्यवसायीसँगै नेपाली काँग्रेसले समेत सरकारको आलोचना गरेका थिए ।

असार २५ गतेसम्म कर उठाउने निर्णयमा व्यापक आलोचना भएपछि निर्णय सच्याउन सरकार बाध्य भएको हो । विभागले २०७६ को फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको द्वैमासिक र मंसिर र फागुनसम्मको चौमासिक विवरण र कर बुझाउनु पर्ने बताएको थियो ।

फागुन र चैत महिनाको अन्तःशुल्क र अग्रिम कर कट्टी र अग्रिम कर सम्बन्धि विवरण र कर पनि बुझाइसक्नुपर्ने विभागको अडान छ । यस्तै २०७६ फागुन र चैत्र महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर समेत जेठ २५ भित्रै दाखिला गर्न विभागले भनेको थियो ।

र, यो पनि पढ्नुहोस
व्यवसाय बन्द गराएर कर असुल्ने दाउमा सरकार (भिडियोसहित)

यीबाहेक विभागले २०७६ चैत्र महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६र७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिलाका लागि जेठ मसान्तसम्मको दिएको थियो । तर अब यी कर तिर्न असरा ७ गतेसम्मको समय दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *