समाज

नेपालमा कोरोना संक्रमितको संख्या २३ सय, मृत्यु हुनेको संख्या ९ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २१ गते १७:०२
नेपालमा कोरोना संक्रमितको संख्या २३ सय, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या ९ पुगेको हो । जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आइसीयुमा उपचाररत उनको निधन भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

नेपालमा बुधबार २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो । यसैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् । जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबारसम्म नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यस्तै प्रदेश नम्बर १ मा १२ हजार ६ सय ४२, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ३१, बागमती प्रदेशमा २५ हजार ९ सय ३३ र गण्डकी प्रदेशमा ९ हजार १ सय ५१ वटा आरडिटी परीक्षण भएका छन् । त्यसैगरी प्रदेश नम्बर ५ मा २६ हजार ७ सय ४४, कर्णाली प्रदेशमा १४ हजार ८ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २३ हजार ७ सय ३३ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा ३ हजार ८ सय, प्रदेश नम्बर २ मा २२ हजार ७ सय २, बागमती प्रदेशमा ३ हजार २ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ४१ हजार ६ सय ८३, कर्णाली प्रदेशमा ३०ह जार १ सय ६६ र

सुदूरपश्चिम प्रदेशमा ४९ हजार ८ सय २० गरी देशभरी १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म प्रदेश नम्बर १ मा ४८, प्रदेश नम्बर २ मा १ सय ९, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी २ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *