समाज

नेपालले जारी गरेको नयाँ नक्साबारे भारतीय रक्षामन्त्री सिंहले यसरी गरे गलत व्याख्या

हिमालय टिभी
२०७७ जेठ २१ गते १४:२९
नेपालले जारी गरेको नयाँ नक्साबारे भारतीय रक्षामन्त्री सिंहले यसरी गरे गलत व्याख्या

२१ जेठ, २०७७, काठमाडौं । नेपालले नयाँ नक्सा जारी गरेको विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि गलत व्याख्या गरेका छन ।

वार्ताका लागि तयार छौं भनेको भारत सरकारकै वरिष्ठ मन्त्रीले आफ्नो सार्वभौम सत्ता रक्षाका लागि नेपालले चालेको कदमका बारेमा गलत प्रचार गरेका छन ।

अरु कसैको उक्साहटमा नेपालले नयाँ नक्सा निकालेको भारतीय रक्षामन्त्री सिंहको आरोप छ । भारतीय टेलिभिजन जी न्यूजसँगको अन्तवार्तामा रक्षामन्त्री सिंहले नामै नलिई चीनको आडमा नेपालले सीमाबारे पछिल्लो कदम चालेको आरोप लगाएका हुन ।

जेठको शुरुमै भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले पनि चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको बताएका थिएन ।

नरवाणेको अभिव्यक्तिको भारतमै आलोचना भैरहँदा रक्षामन्त्री सिंहको पनि त्यस्तै टिप्पणी आएको छ । तर रक्षामन्त्री सिंहले भारतले नेपालसँगको सम्बन्ध बिग्रन नदिने र सम्बन्ध सुधारका लागि काम गर्ने बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *