समाज
डडेल्धुरामा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु
२०७७ जेठ २१ गते ११:५१
२१ जेठ, २०७७, डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
गन्यापधुरा गाउँपालिका( १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिनुभयो ।
राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएर लडेपछि मृत्यु भएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया