विदेश
कोरोना संक्रमणका कारण पाकिस्तानमा मन्त्रीको मृत्यु
२०७७ जेठ २१ गते ७:३७

२१ जेठ, २०७७, इस्लामावाद । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ ।
पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार निधन भयो ।
मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी पीपीपीको कराँची अध्यक्षसमेत थिए । उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए । ्
पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति शोक व्यक्त गरेका छन् ।
प्रतिक्रिया