विदेश

कोरोनाका कारण विश्वभर पछिल्लो २४ घण्टामा साढे ४ हजार जनाको मृत्यु

हिमालय टिभी
२०७७ जेठ २१ गते ७:३२
कोरोनाका कारण विश्वभर पछिल्लो २४ घण्टामा साढे ४ हजार जनाको मृत्यु

२१ जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार ५१९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ७ सय ९ पुगेको छ । पछिल्लो समय सबैभन्दा बढी मृतक संख्या ब्राजिलमा रहेका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ३२ जनाको मृत्यु भएको छ ।

यो सँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ३१ हजार २ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २७ हजार २ सय ६३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५ लाख ५६ हजा ६ सय ६८ पुगेको छ ।

उता अमेरिका पछिल्लो २४ घण्टामा एक हजार एक सय ३४ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतक संख्या १ लाख ८ हजार ५९ पुगेको छ । केही दिन यता मृत्युदर घटीरहेको अमेरिका र ब्राजिलमा मृतक संख्या फेरि बढेको ५ । अमेरिकामा २१ हजार ६ सय जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै छिमेकी देश भारतमा थप दुई सय २१ जनाको मृत्यु भएको छ भने ८ हजार ८ सय २१ जना संक्रमित थपिएका छन् । भारतमा हालसम्म दुई लाख ७ हजार एक सय ९१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ६ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख १० हजार ४ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *