समाज

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत अधिकृत ढकालमाथि मुद्दा दायर

हिमालय टिभी
२०७७ जेठ २० गते १७:५८
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत अधिकृत ढकालमाथि मुद्दा दायर

२० जेठ, २०७७, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख बीगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा शेयर बिक्री सबै गर्दा चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ आय आर्जन गरेको देखिएको छ ।

यो अवधिमा उनले गरेको खर्च, जोडेको जग्गा जमिन, शेयर खरिद, बैंक खाता सबै गरेर १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ सम्पत्ति मूल्यांकन भएको छ ।

अख्तियारका अनुसार ढकालले साली नाता पर्ने व्यक्तिका नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको पाइएको छ । गैरकानूनी रुपमा आर्जन गरेको रकम लुकाउन अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाता पर्ने नवराज अर्यालका नाममा जनता बैंकमा खाता खोलेर आफूले सञ्चालन गरेको पाइएको छ ।

यो खाताबाट मात्र उनले जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ भक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *