खेलकूद

आरबी लेइप्जिग जर्मन बुण्डेस लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लियो

हिमालय टिभी
२०७७ जेठ २० गते १३:४७
आरबी लेइप्जिग जर्मन बुण्डेस लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लियो

२० जेठ, २०७७, काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबलमा आरबी लिप्जिग तेस्रो स्थानमा उक्लिएको छ ।

बुण्डेस लिगा अन्तर्गत गएराति एफसी कोल्नलाई ४(२ गोलले पराजित गर्दै लिप्जिग तालिकाको तेस्रो स्थानमा पुगेको हो । सातौं मिनेटमै जोन कोर्डोबाको गोलसँगै कोल्नले खेलमा अग्रता बनाएको थियो ।

त्यसपछि लिप्जिगका लागि प्याट्रिक सेकले २० औं, क्रिष्टोफर एकुन्कुले ३८ औं र टिमो वर्नरले ५० औं मिनेटमा गोल गरे । ५५ औं मिनेटमा कोल्नका लागि एन्थोनी मोडेस्टको गोलसँगै खेल ३(२ को स्थितीमा पुग्यो ।

५७ औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि लेइप्जिगले ४–२ गोलको अग्रता बनायो । त्यसपछि खेलमा थप कुनै गोल भएन । जितपछि लिप्जिगले २९ खेलबाट ५८ अंक जोडेको छ ।

समान खेलबाट ६७ अंकसहित वायर्न म्युनिख पहिलो स्थान रहँदा दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमण्डको ६० अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्