खेलकूद

ललितपुर जिल्ला फूटबल संघका अध्यक्ष थापामाथि अस्थायी प्रतिबन्ध

हिमालय टिभी
२०७७ जेठ २० गते १३:४२
ललितपुर जिल्ला फूटबल संघका अध्यक्ष थापामाथि अस्थायी प्रतिबन्ध

२० जेठ, २०७७, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई अस्थाई प्रतिबन्ध लगाएको छ ।

एन्फा कार्यसमितिको बैठकले ललितपुरका अध्यक्ष थापामाथि अर्को साधारण सभासम्मका लागि निलम्बन गरेको हो ।

संघको विधान विपरित कार्य गरेको सम्बन्धमा स्पष्टिकरण सोधिएकोमा अध्यक्ष थापाले चित्त बुझ्दो जवाफ नदिएका कारण उनलाई प्रतिबन्ध लगाइएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाको कारवाही र थप अनुसन्धानका लागि अनुशासन समितिमा पठाइएको छ । यस्तै संघको १८औं साधारणसभा भदौ १५ गते गर्ने निर्णय गरेको छ ।

त्यसबेलासम्म पनि कोरोना भाइरसको संक्रमण जारी रहेमा भिडियोबाटै साधारण सभा संचालन गरिने जानकारी पनि गराइएको छ । यस्तै कोरोना भाइरसबाट प्रभावित राष्ट्रिय पुरुष तथा महिला टिमका प्रत्यक सदस्यलाई खुराक खर्च भनेर जनही १५–१५ हजार दिने निर्णय पनि गरिएको छ । यस्तै एन्फा सदस्य, क्लब, प्रतियोगिता आयोजक, रेफ्री, सहायक रेफ्रीलाई पनि राहत वितरण गर्ने निर्णय गरेको छ ।

यसका फिफामा एक लाख अमेरिकी डलर बराबरको सहयोग माग्ने निर्णय गरिएको छ । कार्यसमिति बैठकमा आगामी आर्थिक वर्षका लागि करिब ७० करोड ४१ लखको बजेट विनियोजन गरेर साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्