विदेश

जर्ज फ्लोइडको मृत्युपछि भड्किएको हिंसाविरुद्ध सेना परिचालन गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

हिमालय टिभी
२०७७ जेठ २० गते १३:३७
जर्ज फ्लोइडको मृत्युपछि भड्किएको हिंसाविरुद्ध सेना परिचालन गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

२० जेठ, २०७७, न्युयोर्क । अफ्रिकी मूलका एक अमेरिकी नागरिकको मृत्यु पश्चात प्रदर्शन बढेसँगै कर्फ्यू लगाउँदा समेत अमेरिकामा प्रदर्शन रोकिएको छैन ।

देशभरका विभिन्न शहरमा प्रदर्शन भएपछि थप हिंसा भड्किन नदिन स्थानीय सरकारले अधिकांश राज्यमा कर्फ्यु आदेश जारी गरेका छन् । अमेरिकाभर ४० शहरमा कर्फ्यू आदेश जारी गरिएको छ ।

उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकेका छैनन् । जर्ज फ्लोइडको मृत्यु पश्चात देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने घाइतेको संख्या सयौं पुगेको छ। फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो।

हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका प्रहरी डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ। घटनाप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक घटनाको संज्ञा दिएका छन।

डोनाल्ड ट्रम्पले हाल भइरहेको हिंसात्मक प्रदर्शन अन्त्यका लागि सेना परिचालन गर्ने चेतावनी दिएका छन् । ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने उल्लेख गर्दै सेना परिचालन गर्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले वासिङ्टनको कर्फ्यूलाई अझ कडा पारिने जनाएका छन्। योसँगै उनले अमेरिकाभर विभिन्न शहरमा दंगा र लुटपाट भइरहेको र सोको अन्त्यका लागि हजारौं सेना र प्रहरीलाई परिचालन गर्ने चेतावनी दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *