विदेश

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

हिमालय टिभी
२०७७ जेठ २० गते १३:३५
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

२० जेठ, २०७७, काठमाडौं । विश्वभर नोबेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघेको छ ।

गएको एकदिनमा थप ३ हजार ५३ जनाको भएको छ । पछिल्लो समय सबैभन्दा बढी मृतक संख्या ब्राजिलमा रहेका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ७ सय ३२ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा मृत्यु हुनेको संख्या ३० हजार ४६ पुगेको छ ।

उता अमेरिका ७ सय ३० जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ मृतक संख्या १ लाख ६ हजार ९ सय २५ पुगेको छ । केही दिन यता अमेरिका र ब्राजिलमा मृतक संख्या घटिरहेको छ । यस्तै छिमेकी देश भारतमा थप दुई सय जना तथा रुसमा १ सय ६२ मृत्यु भएको छ । आज थप विश्वभर ३ सय ६१ जनाको मृत्यु भैसकेको छ । यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार ५ सय ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ लाख ३ हजार ९ सय ४६ रह्यो । विश्वभर आज थप ८ हजार ४ सय भन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ । यससँगै कोरोना संक्रमित हुनेको संख्या विश्वभर ६३ लाख ७१ हजार नाघेको छ । सबैभन्दा बढी अमेरिकामा १८ लाख ५९ हजार भन्दा बढीमा संक्रमण हुँदा ब्राजिलमा संक्रमितको संख्या ५ लाख २९ हजार ४ सय ५ पुगेको छ ।

यसैबीच युरोपेली देशले कोभिड( नाइन्टिनबाट बच्न लागू गरेका लकडाउन खुकुलो बनाउने तयारी गरेका छन् ।युरोपका अधिकांश देशले लकडाउन हटाउने वा खुकुलो पार्ने काम तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *